३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लोमनकुमार सुनार

लोमनकुमार सुनारका लेखहरु :

इच्छुकका बागी रङहरू

जलजला शिरभन्दा परको शान्त थबाङ कृष्णसेन इच्छुकले नजिक पुगेर हेर्दा उजाड र अशान्त थियो । सैनिक दमनले थिचिएका थबाङका गाउँले बरु वनवास गए, तर झुकेनन् पञ्चायती व्यवस्थासँग । र, निर्भीकतापूर्वक तिनले निर्दलीय चुनाव बहिष्कार गरे, भज्याङहरूमा प्रतिरोधी किल्ला खडा गरे । थबाङको त्यो साहस, शौर्य र वीरतामाथि उनले लेखे, ‘त्यो प्यारो–प्यारो पहाडी गाउँको नाम थबाङ हो ।’ विसं २०३८ मा ‘त्रिकोण’ मा छापिएको यही कविताबाट उनी प्रगतिवादी लेखनमा अविरल हिँडिरहे ।

त्यसपछि म छापामार भएँ

औंसीको चकमन्न रात । मट्टीतेल र दियालोको उज्यालोमा मान्छेहरूको चहलपहल । एकहोरो कुकुरहरूको आवाज । यो एक हेमन्त ऋतुको सम्झना–कथा हो । झरीले महाभारत शृंखलाहरूलाई झन्झन् भिजाइरहेकै छ । सेतो घुम्टो ओढिरहेका छन्– हिमालहरू । नजिकैका हिमाल छोएर आएको झरीमिश्रित चिसो हावाको स्पर्शले मस्तिष्कमा ओहोरदोहोर गरिरहेका छन् अनेक स्मृति ।