२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कृष्णप्रसाद भुसाल

कृष्णप्रसाद भुसालका लेखहरु :

चरा गुरु

आवाजबाटै चरा पहिचान गर्न सक्थे– आरेन्ड भान रिजेन । हामीलाई चरा चिन्न, तिनको अनुगमन र तथ्यांक संकलन गर्न सधैं मार्गदर्शन गरिरहने आरेन्ड रिजेनलाई हामी सबैले सम्मानपूर्वक आरेन्ड दाइ भन्थ्यौं । खासमा आरेन्ड दाइ हाम्रो पुस्ताका सर्वप्रिय चरा गुरु थिए । 

उल्लु हुन्न उल्लु

नेपाली बृहत् शब्दकोशमा उल्लुको विशेषणात्मक अर्थ उरन्ठेउलो, बदमास, मूर्ख र बेबकुफ हुने उल्लेख छ । हामी काम बिगारिरहने, भनेको कुरा ठीकसँग नबुझ्ने व्यक्तिलाई उल्लु भन्ने गर्छौं । थुप्रै लोककथा, साहित्य र उखानहरूमा पनि उल्लुलाई खराब विम्बका रूपमा प्रस्तुत गरिएको भेटिन्छ । तर, सामान्य बोलीचालीमा उल्लु भनेर चिनिने लाटोकोसेरो तथा हुचिल राति बढी सक्रिय हुने, हामीलाई काम लाग्ने सिकारी चराका प्रजाति हुन् ।