गौरी तमू

लकडाउनमा खुलेका पुरुष

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ को कारण यति बेला देश लकडाउनमा छ । लकडाउनले हामी फुर्सदिला भयौं । पुस्तक पढ्ने, चलचित्र हेर्ने, परिवारसँगै मीठामीठा परिकारहरू बनाएर खाने र बालबालिकाका लागि भरपूर समय दिने वातावरण लकडाउनले सिर्जित गर्‍यो ।

ल्होसार गुरुङको मात्रै ?

गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार नजिकिँदै छ । विडम्बना, देशभरका गुरुङ समुदाय भने राष्ट्रिय बिदाको मागसहित सडक आन्दोलनमा छन् । संविधानको धारा १८ को उपधारा (१) मा सबै नागरिक कानुनका दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनी उल्लेख छ ।

के माननीय, के सर्वसाधारण

बेलायती लेबर पार्टीकी सांसद एवं ‘अ हिस्ट्री अफ वुमन इन पार्लियामेन्ट’ पुस्तक लेखक रेचल रिभ्सले बेलायतमा आगामी डिसेम्बर १२ मा हुन लागेको आमनिर्वाचनलाई लक्षित गर्दै भनेकी छन्, ‘हत्याको धम्की पाउनु बेलायती महिला सांसदका लागि नियमितताजस्तो भएको छ ।’

शिक्षकलाई दोष दिने मौसम

एसईईको नतिजा सार्वजनिक भएसँगै फेरि एकपटक दोषजति शिक्षकहरूमाथि थोपरेर जिम्मेवार व्यक्ति र निकायहरू पानीमाथिको ओभानो भइरहेका छन् । यसपटक ४ लाख ५९ हजार २ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा १४ हजार ७ सय ८८ जनाले ए प्लस ग्रेड ल्याए ।

विद्यालय क्यालेन्डरको गोलचक्कर

यस पालिको शैक्षिक सत्र सुरु भएदेखि नै प्रायः विद्यालय नयाँ वार्षिक क्यालेन्डर अनुसार चलिरहेका छन् । जेठको क्यालेन्डरमा पाँच शनिबारबाहेक सत्ताइस दिन विद्यालय खुल्ने र पढाइ हुने भनिए पनि २२ गते इद परेकाले सरकारले सार्वजनिक बिदा दियो । यो बिदा घोषणाभन्दा दुई दिनअगाडि नै मेरो विद्यार्थी गुल हसन इद मनाउन पोखराबाट कपिलवस्तु पुगिसकेको थियो । उसले घर हिँड्नुभन्दा अघिल्लो दिन मसँग एक साता बिदा माग्दा मैले भनेकी थिएँ, ‘चाड मनाउने भनेरै एक साता पढाइ त छोड्नु भएन नि !’

गौरी तमूका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।