डा. महेशराज पन्त

डा. महेशराज पन्तका लेखहरु :

श्री ३ चन्द्र–पुत्रको रूमानी रहस्य

इतिहासमा खासै चर्चा नगरिएका विष्णुशमशेर र हलिउड अभिनेत्री स्यान्ड्राको रोमान्सदेखि ट्र्याजेडीसम्मको कथा हो यो । श्री ३ चन्द्रशमशेरका छोरा हुन्– विष्णुशमशेर । यहाँ श्री ३ भीमशमशेरले १९८८ जेठ १८ गते फ्रान्सका इतिहासविद् सिल्विं लेविलाई लेखेको चिठी र त्यसमाथि इतिहासविद् महेशराज पन्तको विश्लेषण प्रस्तुत छ । प्यारिसको राष्ट्रिय पुस्तकालयमा सुरक्षित त्यस चिठीमा नेपाल–खाल्डोमा भेटिएका लिच्छविकालका दुई शिलालेखको उतारदेखि विष्णुशमशेर भारत छोडी प्यारिस पुगेसम्मको विवरण छ ।

बीपीको कलम फेर्दै सम्पादक !

बीपी कोइरालाले लेखेर वा बोलेर गएका विषयवस्तु जसरी बजारमा छापिएर आएका छन्, ती ठाउँठाउँमा मूलअनुरुप नभएको र सिद्धान्तअनुसार सम्पादकले सम्पादन नगरेको इतिहासविद् डा. महेशराज पन्तको अनुभव छ । बीपीका बोलाइ र लेखाइको सम्पादन कसरी हुनुपर्छ ? पन्तको विमर्श :

महामारीमा कुमारी : एक दुःखान्त

वि.सं. १७९६–९७ मा चम्केको बिफरभन्दा २५ वर्षअगाडि अर्कै रोगको महामारी यहाँ फैलिएको थियो । अघिल्लो लेखमा (महेशराज पन्त, ‘मरकले राजालाई पनि छोडेन’, ‘कान्तिपुर’ दैनिक, २०७७।१।२०।७, ५ पृ.) बयान गरिएका अरू अरू महामारीको भन्दा यसको विषयमा बढी अभिलेख पाइएकाले यस विषयमा खुलाएर लेख्न सकिने भएको छ ।

मरकले राजालाई पनि छोडेन

संसारमा अन्त अन्त जस्तै नेपालमा पनि समय समयमा रोगव्याध लागी महामारी फैलिएको कुरा इतिहासका आकर अर्थात् उपकरण पल्टाउँदा थाहा पाइन्छ । तर हाम्रो यतातिर परमात्मचिन्तनतिर नै ज्ञानीहरूको खास दृष्टि गएकोले यस्ता कुरा आउँछन्, जान्छन् र टर्छन् भन्ने अभिप्रायले उनीहरूले यस्ता घटनाको टिपोट नराख्दा जम्मै वृत्तान्त पाइँदैन र छिटपुट कुरा मात्र थाहा पाइएको छ ।

नायक, प्रतिनायक, नायकदेशीय

पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१) लाई मेरै जिन्दगीमा सरकारले कहिले नायक, कहिले प्रतिनायक त कहिले नायकदेशीय बनाएकोले विषयप्रवेश गर्नुभन्दा अगाडि यी तीन शब्दबारे केही लेख्नुपरेको छ । हाम्रो संस्कारअनुसार, राम नायक हुन् भने रावण प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायक । अब स्पष्ट पार्नुपर्ने शब्द छ नायकदेशीय ।

रण–हारको प्रत्यक्ष बयान

पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले भक्तपुर जितेको ३ महीना पनि नपुग्दै त्यही साल फाल्गुनकृष्ण एकादशीको दिन उनका दरबारिया कवि ललितावल्लभले त्यस विजयलाई मूल विषयवस्तु बनाई ‘भक्तविजयकाव्य’ लेखेकाले गोरखालीले भक्तपुरविजयलाई ठूलो ठानेको देखिन्छ ।