२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दिपा नेपाली

दिपा नेपालीका लेखहरु :

दलित विद्यार्थीलाई छात्रवृत्ति होइन, उल्टै शुल्क !

दुई महिनाअघि एक साँझ कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनीको दलित बस्तीमा बस्ने मौका मिल्यो । त्यहाँका दलित विद्यार्थीले सामुदायिक विद्यालयमा शुल्क तिरेर पढ्ने गर्दा रहेछन् । स्थानीय श्री शान्ति माध्यमिक विद्यालयबाट भर्खरै कक्षा-५ उत्तीर्ण गरेका बिमल नेपाली र कक्षा-४ उत्तीर्ण गरेका बिवेक नेपालीले बिहान सबेरै स्कुलबाट फर्केपछि मलीन अनुहार लगाउँदै आमालाई भने- ‘आमा, सरले किताब दिनुभएन । साथीहरूले किताब पाए । हामीले पाएनौँ । अब के पढ्ने ?’