विष्णु अग्रवाल

विष्णु अग्रवालका लेखहरु :

आयात रोकेर मात्र समस्या समाधान हुँदैन

अहिले मुलुक ‘स्ट्यागफ्लेसन’ अवस्थामा छ । यस्तो गम्भीर अवस्थामा हामीले मुलुकको जटिल अवस्था देखाएर नागरिकको मनोबल घटाउने काम गरिरहेका छौं । नागरिकको मनोबल बढाउनुपर्नेमा कतैबाट पनि काम भएको देखिँदैन । उद्योगी व्यवसायी र लगानीकर्तालाई थप लगानी गर्न र व्यापार व्यवसाय बढाउन प्रेरित गर्नुपर्ने छ ।

‘ब्याजदर बढ्नेछ’

हालको ३ प्रतिशतको अनिवार्य नगद मौज्दात (सीआरआर) बढाएर ४ प्रतिशत पुर्‍याइएको छ । यसले पनि तरलता अवस्थामा चाप पर्न सक्छ । वैधानिक तरलता मौज्दात (एसएलएफ) बढाइएको छ । बैंक दरको सीमा १.५ प्रतिशत बिन्दुले बढाएर ८.५ प्रतिशत र निक्षेप संकलन दर पनि बढाएर ५.५ प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर बढ्ने देखिन्छ ।

‘स्टार्टअप’मैत्री कानुनहरुको आवश्यकता

केही समयअघि मौद्रिक नीति आएको छ । यसले उद्योगी व्यवसायीलाई राहत दिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पनि गरेको छ । केही समयअघि मैले एक जना साथीसँग कुरा गरिरहेको थिएँ । उनी सेयर लगानी गर्न बैंक गएका थिए । एप्लिकेसन फाराम बुझाउन जाँदा मान्छेको भीडैभीड रहेछ । फाराम भरेर बुझाउन मात्रै तीन घण्टा लागेको थियो । पैसा त यहीँ छ । अहिले मान्छेको चासो सेयर बजारमा देखिएको छ । प्राइमरी इक्विटीका फन्डिङ देखिएका छन् । यसबाट पैसा नेपालमै रहेको पुष्टि हुन्छ । यति भनिरहँदा नेपालमा यस्ता धेरै मान्छे छन्, जसलाई पैसा चाहिएको छ । उनीहरुसँग काम गर्ने आइडिया पनि छ । तर, पैसा छैन । र, यस्ता मान्छे पनि छन्, पैसा छ तर लगानी कहाँ गर्ने, आइडिया छैन ।