२३–२४ भदौको जेन–जी आन्दोलन यही चेतनाको प्रत्यक्ष अभिव्यक्ति थियो । यो कुनै दलको निर्देशनमा भएको आन्दोलन थिएन । यो भ्रष्टाचार, दण्डहीनता, चरम अवसरवाद र दशकौंदेखि दोहोरिएको अक्षम नेतृत्वप्रतिको स्वतःस्फूर्त नागरिक आक्रोश थियो ।
नेपाल परिवर्तन चाहन्छ । जेन–जी परिवर्तन गर्न सक्षम छ । अब केवल कार्यशैलीलाई उनीहरूले कसरी निर्धारण गर्छन्, त्यसैबाट नेपालको अर्को दशकको इतिहास तय गर्नेछ ।