सामान्यतः सडक क्रान्ति र विद्रोहको निरपेक्ष थलो हो । यसले प्रतिक्रान्तिको भाषा बोल्दै बोल्दैन । अग्रगमनकै दिशा पक्रन्छ । शासकको कुबुद्धिलाई ठेगान लगाएर अगाडि बढ्ने हिम्मत गर्छ । विश्व इतिहासमा यदाकदा देखिएका प्रतिक्रान्ति पनि तत्कालीन सत्ताकै गर्भबाट जन्मेको देखिन्छ ।