१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

भुवन दाहाल

भुवन दाहालका लेखहरु :

बैंकहरूको स्वास्थ्य र निक्षेप सुरक्षा

सामान्यत: बैंकहरू कत्ति स्वस्थ छन् भनी हेर्न पुँजी पर्याप्तता अनुपात, सम्पत्तिको गुणस्तर, व्यवस्थापन, आम्दानी तथा तरलताको विश्लेषण गरिन्छ । हाल बैंकहरूसँग तरलता प्रशस्त छ । बैंकबीचको तीव्र प्रतिस्पर्धा, नेपाल राष्ट्र बैंकको नियम तथा अर्थतन्त्रमा देखिएको सुस्तताका कारण सबै बैंक नाफैमा भए पनि लगानीको प्रतिफल भने निरन्तर घटिरहेको छ ।

बैंकहरूको नाफा र प्रतिफल दर

नेपालका वाणिज्य बैंकहरूले अर्बमा नाफा कमाउँछन् । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा कम कमाउने बैंकको खुद नाफा पनि १ अर्ब ९ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण आउन केही समय लाग्छ तर लेखापरीक्षण नभएको वित्तीय विवरण हेर्दा २ वटा बैंकले २०७९/८० मा ७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने देखिन्छ । बैंकहरूको नाफाका विषयमा विभिन्न क्षेत्रका व्यक्तिले चर्चा गरेको मात्र होइन, कुरा काटेको पनि देखिन्छ ।

प्रधानमन्त्री देउवालाई पूर्वबैंकरको पत्र

प्रधानमन्त्रीज्यू,सर्वप्रथम, २०४८ सालदेखि २०७९ सालसम्म लगातार संसद्को चुनाव जितेर रेकर्ड कायम गर्नुभएकामा विशेष बधाई । यहाँको भाग्य यति बलियो रहेछ, ५० वर्षभन्दा कम उमेरमा २०५२ सालमा नेपालको प्रधानमन्त्री हुनुभयो । २०४७ सालमा लोकतन्त्र आएपछि अरू कोही ५० वर्षभन्दा कम उमेरमा नेपालको प्रधानमन्त्री हालसम्म भएको छैन ।