१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अशोक शेरचन

शेरचन बैंकर हुन् ।

अशोक शेरचनका लेखहरु :

डिजिटल बैंकिङको भविष्य

पछिल्लो समय विश्वको सबै क्षेत्रलाई प्रविधिले डोर्‍याउन थालेको छ । त्यसकारण पनि बैंकिङ क्षेत्र डिजिटलसँग जोडिनु स्वाभाविक देखिएको छ । परम्परागत तवरबाट मात्र बैंक सञ्चालन गर्दा धेरै पछाडि पर्नेअवस्था सिर्जना भयो । बजार विस्तार गर्ने र प्रतिस्पर्धी हुने सम्भावना पनि कम हुँदै गएको छ ।

आर्थिक छटपटीसँगै सहअस्तित्वको संघर्ष

केही वर्षयता नेपाली अर्थव्यवस्थाले तरलता अभावको चरम समस्या बेहोरिरहेको छ । कहिले सरकारको कार्यक्षमता, कहिले विप्रेषण आप्रवाहमा कमी, कहिले बैंकहरूको अन्धाधुन्ध लगानी र कहिले कोभिड–१९ लाई यसको कारकका रूपमा व्याख्या गर्दै हामी पन्छिने गरेका छौं ।

‘काम गर्ने उमेर विदेशमा खर्चिएर आउनेहरूलाई के काम दिने ? यसबारे सरकारले सोच्नुपर्छ’

सरकारले गत दुई वर्षदेखि विशेष प्याकेजका रूपमा सहुलियत कर्जा ल्याएको छ । यसअन्तर्गत १० वटा शीर्षकमा हामीले कर्जा प्रदान गरेका छौं । यी शीर्षकका कर्जामा राष्ट्र बैंकले ब्याजमा अनुदान दिएको छ । त्यसैलाई कार्यान्वयन गर्न सरकारले दुई वर्षदेखि बजेटमा वाणिज्य बैंकहरुले अनिवार्य रूपमा हरेक शाखाबाट कम्तीमा १० जनालाई सहुलियत कर्जा दिनुपर्ने निर्देशन गर्‍यो ।

बैंकिङ क्षेत्रमा साइबर सुरक्षा

कोभिड महामारीको चौतर्फी असर परेको छ । यो संकटले अवसर सिर्जना गर्‍यो त भनिन्छ तर त्यसको अध्याँरो पक्ष पनि सँगसँगै हुन्छ । हाम्रै अगाडि व्यवसायहरू बन्द भएका छन् । त्यो क्रम जारी नै छ ।