अजय दीक्षित

अजय दीक्षितका लेखहरु :

पृथ्वीसँग बात मार

कोभिड–१९ को त्रास अझै उस्तै छ । आफन्तका असामयिक मृत्युका पीडा छँदै छन् । असोजमा पनि असारे झरीझैं दर्केर पानी परिरहेकै छ । अघिल्ला वर्षझैं यस वर्ष पनि घर–गोठ, बारी–कान्ला र बाटा भत्किए, पुल–पुलेसा र घर–खेत बगे । बस्ती डुबानमा परे । कति ठाउँमा आवतजावत रोकिएर बिरामीका लागि औषधि किन्न बजारसम्म जान सकिने अवस्था पनि थिएन । आउँदा वर्ष पनि यस्ता घटना घट्नेछन् । बाढी–पहिरोका घटना पहिले पनि हुन्थे । फरक यत्ति हो— हिजोआज यी बढेका छन् । मनसुनको पहिलो झरीमै विनाशकारी बाढी–पहिरो आउन थालेका छन् ।

नदीलाई चाहिन्छ बाटो

नदी पहाडी भेगबाट तल्लो भेगमा बग्छ । बग्ने क्रममा नदीले आफूसित भएको ऊर्जा प्रयोग गर्छ । त्यसैले नदी सोझो भएर बग्दैन । एकापट्टिबाट अर्कोपट्टिको किनारामा यताउता गर्छ । मैदानी भागमा नदी नागबेली भएर बग्छ, जुन उसको खास चरित्र हो । आफ्नो प्रकृतिअनुरूप नदीले माटो–बालुवा बगाउँछ । हिमालय क्षेत्र भौगोलिक हिसाबले कमजोर भएको हुँदा, यहाँ हुने प्राकृतिक भू–क्षयको दर अन्यत्रभन्दा धेरै छ । बाढीसँगै नदीले प्रशस्तै थिग्रेनी पनि बगाउँछ । नदीले बगाएर ल्याएको मलिलो माटाले नै मैदानी भू–भाग र डेल्टा निर्माण भएको हो । मलिलो माटो कृषिका लागि सहयोगी हुन्छ, तर बालुवा र गेग्रान सहयोगी हुँदैनन् ।