२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सुरेश प्राञ्‍जली

सुरेश प्राञ्‍जलीका लेखहरु :

आधा नायक, आधा खलनायक ! 

भारतीय मूलका बेलायती–अमेरिकी उपन्यासकार सलमान रुस्दी २०औं शताब्दीको उत्तरार्द्धदेखि आजसम्म विश्व साहित्यिक कित्तामा आफ्नो जब्बर उपस्थिति र प्राज्ञिक प्रभुत्व कायम राखिराख्न सफल एक हक्की लेखक हुन् । सन् २०२२ को अगस्टमा पछिल्लो पटक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रुस्दीमाथि ज्यानै लिने उद्देश्यले एकजना लेवनानी–अमेरिकी मुस्लिम दुराग्रहीबाट सांघातिक हमला भयो ।

सत्ताले बदलेको ‘जनता’ को परिभाषा

१३ औं शताब्दीदेखि नै राज्य दर्शनले ‘जनता’ शब्दको प्रयोगलाई कुनै न कुनै रूपले प्रश्रय दिँदै आएको विभिन्न राजनीतिक ग्रन्थले पुष्टि गरेका छन् । ग्रिक कवि होमरले पनि आफ्ना कवितामा ‘नेताका सच्चा अनुयायी’ का रूपमा जनता रहने काव्यिक भाव अभिव्यक्त गरेका थिए । निश्चित भौगोलिक सीमाभित्रका जनता नै ‘शासकीय आधार’ रहने जिकिर इटालियन राजनीतिक दार्शनिक मेकियावेलीले आफ्ना चर्चित राजनीतिक ग्रन्थ ‘द प्रिन्स’ र ‘डिस्कोर्सेस अन लिभी’ मा गरेका छन् ।

जिजीविषाको मृत्युभोज

ढल्दै गरेको एक रंगहीन तर मेरा निम्ति रंगीन साँझ । टाढा कतै कसैले आफ्नो आसन्न मृत्यु पन्छाउन महामृत्युञ्जय मन्त्र अलापिइरहेको थियो – ‘ॐ त्रयम्बकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम् ...।’ म भने मृत्यु आमन्त्रण गर्दै थिएँ । अर्थात्, आत्महत्या गर्ने मुडमा थिएँ ! सुरसार गर्दै पनि थिएँ, ह्विस्कीको चुस्कीसँगै ! झट्ट मनले भन्यो, यो चराचर जगत्मा नआउनु आइसकेपछि जाँदा कम्तीमा जाँदै छु वा गएँ भन्ने औपचारिकता त निभाउनु पर्ला ? अर्थात्, मृत्युपत्र पनि त लेख्नु पर्ला नि ?