म श्रममन्त्री भएको डेढ दशक बढी भइसक्यो । अहिलेको वैदेशिक रोजगार ऐन त्यतिबेलै बनेको हो । तालुखवाला मन्त्रालयको मन्त्रीका हैसियतमा त्यो ऐन बनाउन म संलग्न थिएँ । त्यो बेला जिफन्टको अध्यक्ष रहनुभएका विष्णु रिमाल अहिले मसँग यही मञ्चमा हुनुहुन्छ । उहाँ पनि यो ऐन बनाउनका लागि भूमिका खेल्ने व्यक्तिहरूमध्ये एक हुनुहुन्थ्यो । ऐन बन्नुभन्दा अघि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै आधिकारिक निकायसमेत थिएन । वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड त्यसपछि बने ।