हजुरबाले सुरु गरेको भूमिको आन्दोलन नातिको पालासम्म यथावत् छ । पञ्चायतदेखि निरन्तर गुन्जिने यो मुद्दाले गणतन्त्रसम्म आउँदा पनि विश्राम लिन सकेन । असमान भूमिनीति दलहरूको सत्ता चढ्ने गतिलो भर्याङ बनिरहेको यो सुकुम्बासी शब्दले थुप्रै पार्टी र नेतालाई सत्ताको यात्रा सहज बनायो ।