बिना थिङ

बिना थिङका लेखहरु :

मनमा फुलेको ‘नीरफूल’

अचानक उभिएको धर्ती हल्लियो । नजिकै थियो ढुङ्गामाटोले ठडिएको घर, हेर्दाहेर्दै गर्ल्याम्म ढल्यो । हेर्दाहेर्दै छेउछाउका पहरा खसे । डाँडा र फाँट दुवैतिरका घरहरू ढल्न थाले । धूलोको कुहिरोले ढाक्यो संसार । कोलाहल छायो । अत्यासले अत्तालिए सबै । यी सब अचानक भएका थिए । योजनाबद्ध रूपमा त म पो हिँडेकी थिएँ, नुवाकोट ।

चोर

संगीता चोर होइन ।...चिम्सा आँखा, सिरिक्क परेका आँखीभौंयुक्त एउटा अनुहार ‘पिपुल यु मे नो’ भनेर फेसबुक पेजले देखायो । चौंतीस म्युचुअल फ्रेन्डसहितको अकाउन्ट नेम थियो– संगीता थिङ । मैले त्यो प्रोफाइल क्लिक गरेँ । पारिजातका बिस्कुनबीचमा अंकुसे फुस्किएको चाँदी रङको एकजोडी पाउजुको तस्बिर भएको कभर फोटो देखेँ । त्यो देखेपछि थप उत्सुकता जाग्यो । ‘सी अल फोटोज’ मा क्लिक गरेँ । स्क्रोल गर्दै गएँ । ऊ थिई मेरी बालसखा ‘संगीता’ । मेरो मस्तिष्कमा उत्तानो परेको अरिमुठ्ठेको सयौँ खुट्टाजसरी विगत गुजुङगुजुङ गर्न थाल्यो ।

लामसुरेका कुदिरहने लामा दाइ

आँगनमा उज्यालो खसेपछि घाम टिप्न हिँड्नेहरूले लामा दाइलाई कहिल्यै सँगै देखेनन् । उनी त रातको गहिरो सन्नाटा बोकेर एकादेशमा ओहोरदोहोर गरिरहन्थे । उज्यालोको धर्काधर्की बोकेर फर्किने आशामा अँध्यारोको गर्त चहारिरहन्थे ।

शिक्षकलाई प्रविधिको प्रबन्ध

कोभिड महामारीले हाम्रो समाजका धेरै सीमा उजागर गर्‍यो । शिक्षा प्रणालीमा रहेको सीमा तीमध्ये एउटा हो । ग्रामीण भेगको त कुरै छाडौं, विद्युत् र इन्टरनेटको पहुँचमा हुने शिक्षकहरू पनि नयाँ प्रविधि प्रयोग गरेर नयाँ विधिले पढाउन तयार भइसकेका छैनन् ।