मिलन पाण्डे

स्कुलमा खेर जाँदै विद्यार्थीको समय

सन् १९६० मा अमेरिकाको शिक्षाबारे अध्ययन गर्न जेम्स स्यामुयल कोलम्यानको नेतृत्वमा विज्ञहरूको आयोग बन्यो । आयोगले ६ लाख ५० हजार विद्यार्थीको अध्ययन गरेर ६ वर्षपछि ७०० पानाको रिपोर्ट निकाल्यो । उक्त रिपोर्टले केही महत्त्वपूर्ण निष्कर्ष प्रस्तुत गर्‍यो, जसमध्ये एउटा थियो— स्कुलले विद्यार्थीको सफलतामा खासै प्रभाव पार्दैन । यो निष्कर्षले सबैलाई अनौठो आश्चर्यमा पार्‍यो ।

डाक्टरदेखि डर लाग्छ...

हाम्रो समाजमा स्वास्थ्य सेवा उपलब्ध हुँदा पनि अस्पताल जानुपर्छ भन्ने चेतना छैन । ट्वाइलेट गएपछि हात धुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर मान्छे फेरि पनि हात किन धुँदैनन् ? चेतना शिक्षासँगभन्दा बढी व्यवहारसँग जोडिन्छ । अस्पताल जाने कुरा शिक्षासँगै व्यवहारमा पनि भर पर्छ ।

लोकतन्त्र २.०

युनिभर्सिटी अफ एम्सटरड्यामका प्राध्यापक मार्लियस ग्लासियस र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्राध्यापक ‘आर्मिन इसकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे– एथेन्स, कायरो, लन्डन र मस्कोका अगुवा नागरिक किन आफूले चुनेकै सरकार विरुद्ध सडकमा आइरहेका छन् ? अध्ययनको निष्कर्ष आयो, ती नागरिकले चुनेका प्रतिनिधिले उनीहरूलाई प्रतिनिधित्व नगरेको महसुस गरेका रहेछन् ।

आई हेट ‘स्कुल’

जेलमा दिनभरि कैदीको निगरानीका लागि जेलर हुन्छ भने स्कुलमा प्रधानाध्यापक । जेलमा जस्तै स्कुलमा पनि घण्टी हुन्छ । जेलमा कैदीहरू सजाय काटिरहेका हुन्छन्, आजभोलि स्कुल अनि पढाइ विद्यार्थीका निम्ति बोझ बन्दै छ । त्यसैले त घण्टी बज्नेबित्तिकै विद्यार्थीहरू स्कुलबाट दौडिएर भाग्ने गर्छन् ।

लोकतन्त्रमाथि अधिनायकवादको छाया

पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’मा स्टेभिन लिभित्स्की र डेनियल जिबलटले लेखेअनुसार लोकतन्त्रबाटै अधिनायकवादी बनेका शासकहरूमा केही समानता भेटियो । ती अधिनायकवादी नेताहरूले लोकतन्त्रको पद्धतिलाई बेवास्ता गर्ने, प्रतिपक्षको वैधानिकतालाई उपेक्षा गर्ने, नागरिक वा विरोधीको अधिकारलाई निलम्बित गर्ने अनि सञ्चार माध्यमलाई नियन्त्रणमा लिने जस्ता चरित्र प्रदर्शन गरेका थिए । नेतृत्वमा यी चरित्र देखिन थालेपछि लोकतन्त्र खतरामा पर्नथालेको हामीले देखेका अनि पढेका छौं ।

मिलन पाण्डेका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।