रूपक सापकोटा

रूपक सापकोटाका लेखहरु :

नयाँ शीतयुद्धको प्रारम्भ

विश्वमा पछिल्लो समय जेजस्ता घटना र परिघटनाहरू भइरहेका छन्, तिनले विश्व राजनीतिको समग्र शक्ति सन्तुलनमा फेरबदलको संकेत गरिरहेको देखिन्छ । करिब चार दशकको अविच्छिन्न आर्थिक विकाससँगै चीन उदीयमान शक्तिबाट स्थापित शक्तिराष्ट्रमा रूपान्तरित भएको छ ।

भूराजनीतिक पुनरागमन र अशान्त हिमालय क्षेत्र

अहिले विश्वराजनीतिमा शक्तिराष्ट्रहरूबीच नयाँ ढंगको टकराव सुरु भएको छ । एकअर्काका विरुद्ध नयाँ रणनीतिक साझेदारी निर्माण गर्ने क्रम बढेको छ । सैन्य एवं रणनीतिक गठबन्धनहरू शीतयुद्धका बेला जे–जसरी विकसित हुन्थे, अहिले झन्डै त्यस्तै स्वरूपमा हुन थालेको अनुभूति गर्न थालिएको छ, जसलाई नयाँ सन्दर्भमा भूराजनीतिक पुनरागमनको स्पष्ट संकेतका रूपमा बुझ्न सकिन्छ ।

कोरोनापछिको क्रमभंगता

कोभिड–१९ को विश्वव्यापी संक्रमण दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । विश्वका सबै देशहरू कोरोना संक्रमणलाई सीमित गर्न संघर्षरत छन् ।