२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

स्वर्णिम वाग्ले

स्वर्णिम वाग्लेका लेखहरु :

'दुवै ठूला छिमेकीलाई नचिढाएर, सुरक्षा मामिला हेरिदिएर नेपाल माथि जान सक्छ'

कान्तिपुर कन्क्लेभको दोस्रो दिन भदौ २६ को आरम्भ सत्रमा अर्थशास्त्री स्वर्णिम वाग्ले र प्राध्यापक महेन्द्र पी लामाबीच 'भूराजनीति र अर्थ कूटनीति' विषयमा एक घण्टा लामो संवाद भएको थियो । उनीहरुले नेपालको भौगोलिक अवस्थितिका कारण यहाँको राजनीति र अर्थनीतिमा परेका असरहरुका विभिन्न आयाम बारे खुलेर छलफल गरेका थिए । 

विकासको फेरिँदो चरित्र

एक वर्षअघि (२१ माघ २०७७) कान्तिपुर दैनिकमै ‘कोभिडको पटाक्षेप र आसन्न जलवायु संकटकाल’ भन्ने शीर्षकमा केही मुद्दाहरू उठान गरेको थिएँ । ‘नवयुगको मुन–सटु’ उपशीर्षकमा आगामी उद्देश्यहरू तय गर्नुपर्ने निष्कर्ष थियो । अमेरिकाका ३५ औं राष्ट्रपति जन एफ केनेडीले गरेको ‘मुन–सट’ को प्रस्तावनाले तोकिएकै समयभित्र चन्द्रमामा मान्छेको अवतरण गरायो । हाम्रो ‘मुन–सट’ को लक्ष्य जलवायु परिवर्तनको प्रलय टार्नु हो भन्ने निष्कर्ष थियो । 

विकास मार्गले कोल्टे फेर्ने अवसर

हामी अहिले विश्वका दरिद्रतम मुलुकहरूको क्लब ‘अतिकम विकसित मुलुक’ (एलडीसी) को सूचीमा छौं । हामी स्तरोन्नतिका लागि योग्य भएको सन् २०१८ मै हो । तर सारेर सन् २०२६ पनि स्तरोन्नति हुने भएका छौं । स्तरोन्नति नेपाललाई विकासको फरक बाटोमा लैजाने अवसर हो ।