जीवन क्षेत्री

जीवन क्षेत्रीका लेखहरु :

स्थानीय चुनावका दस सन्देश

२०५४ सालपछि नेपालमा अर्को स्थानीय चुनाव हुन बीस वर्ष लाग्यो । यसपल्ट पनि स्थानीय चुनावको मतदान हुनुअगाडिसम्म यस सम्बन्धी अनेक संशय उब्जेका र आरोप–प्रत्यारोप चलेका थिए । तर चुनाव भयो र मतगणनाले स्थानीय निकायहरूमा देशका राजनीतिक खेलाडीहरूको जिम्मेवारी अदलबदल गरिदियो । यो चुनावले दसवटा प्रस्ट सन्देश दिएको छ ।

स्टालिनको बर्बरता दोहोर्‍याउँदै पुटिन

कम्युनिस्ट पार्टीहरूका ब्यानरमा चार व्यक्तिका तस्बिर अंकित हुन्छन्— कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन र जोसेफ स्टालिन । माओवाद मान्ने पार्टीहरूले तिनमा माओ त्सेतुङको तस्बिर पनि थपेका हुन्छन् । वामपन्थी साहित्यले देवतुल्य चित्रण गर्ने यी पाँच जनाका अवगुण वा कमजोरी पनि हुन सक्छन् भनेर वामपन्थी पाठशालाबाट आएका धेरैलाई पत्याउन पनि कठिन ह्न्छु । धेरैका विचारमा कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण भएको पछि मात्रै हो, रुसमा स्टालिनको मृत्यु भएर निकिता ख्रुस्चेभ आएपछि र चीनमा माओको मृत्यु भएर देङ स्याओपिङ आएपछि । 

युक्रेन युद्धमा अनुदार विश्वव्यवस्थाको झलक

अडियो सामाजिक सञ्जाल ‘क्लबहाउस’ मा नेपालीमा पनि नियमित गम्भीर संवादहरू हुने गर्छन् । तिनैमध्ये एउटामा युक्रेनमाथिको रुसी हमलाबारे वामपन्थी पृष्ठभूमिका एक विश्लेषकले तर्क गरे— निर्दोष युक्रेनीहरूमाथिको रुसी हमलाको बचाउ गर्न त सकिँदैन तर यो युद्धका लागि जिम्मेवारचाहिँ रुस नभई अमेरिका र उसको नेतृत्वको सैन्य गठबन्धन नेटो हुन्; न नेटोले पूर्वतिर विस्तार हुँदै गएर रुसलाई घेर्थ्यो, न रुसले युक्रेनमा हमला गर्थ्यो, न यत्रो धनजनको क्षति हुन्थ्यो । उनको निचोड— यो द्वन्द्वमा रुसले पश्चिमा सरकारहरूलाई परास्त गर्न सक्यो भने त्यसले नेपालजस्ता अमेरिकी ‘साम्राज्यवाद’ को चंगुलमा परेका मुलुकहरूको हित हुन्छ ।

युवा-सपनामाथि पुटिनको प्रतिबन्ध

रुसले युक्रेनमाथि भीषण युद्ध सुरु गरेयता, ‘द गार्डियन’ पत्रिकाको एउटा रिपोर्ट अनुसार, मस्कोमा बस्ने डिमिट्री नामका युवकले आफ्ना बाआमालाई युक्रेनमाथिको रुसी अतिक्रमणबारे बुझाउने प्रयास गरे । त्यसका लागि इन्टरनेटबाट रुसी अतिक्रमणका अनेक भिडियो क्लिप र समाचारहरू देखाए । तर बाआमाले निरन्तर भनिरहे- यो युद्ध, आक्रमण वा अतिक्रमण हैन, युक्रेनी जनतालाई नाजीहरूबाट बचाउने ‘स्पेसल अपरेसन’ हो । 

सत्याग्रहले देखाएको बाटो

डाक्टर गोविन्द केसीको उन्नाइसौं सत्याग्रह चलिरहेका बेला मसँगको एउटा रेडियो बहसमा नेकपा नेत्री अञ्जना विशंखेले भनिन्, ‘डाक्टर केसीले उठाउने हरेक इस्यु जायज हुन्छ म भन्न सक्दिनँ । कतिपय इस्युहरू यस्ता छन् कि, राजनीतिक पार्टीले सत्ता परिवर्तनका निमित्त गर्ने मुद्दाहरूको विषय उहाँले ल्याएर छ्वास्स हालिदिनुहुन्छ ।’

मुखमा 'राम’, बगलीमा छुरा

केही दिनको अन्तरमा चितवनको माडी दुईखाले समाचारको हेडलाइनमा देखियो । पहिले निकुञ्जले खोला किनारका चेपाङहरुका घर रातारात जलाएर बिचल्ली बनाइदियो । लगत्तै निकुञ्ज सुरक्षाका लागि भनेर बसेको सेनाको निर्घात कुटपिटबाट एक युवाको मृत्यु भएको समाचार आयो ।

के यो महामारी युगको पुनरागमन हो ?

अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा संयोगवश पत्ता लगाएको पेनिसिलिन सन् १९४२ मा संक्रमणको उपचारमा उपयोग हुनुअगाडि मानिस र संक्रामक जीवबीचको लडाइँमा दुवै पक्षको हैसियत समानजस्तो थियो ।