अहिलेकै दोहनकारी विकासको राजमार्गमा कुदेर प्रलयको भित्तामा बजारिने हो भने त जे गरे पनि हुन्छ, तर टाट पल्टिँदो ‘बायोस्फेयर’ का बीच हाम्रो भविष्यलाई अलि परसम्म तन्काउने हो भने नेपालका सबै राजनीतिक दलहरूले पृष्ठभूमिमा गर्जिरहेको प्रलयको आवाज सुन्नुपर्छ ।