घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।
प्रधानमन्त्री केपी ओलीले ‘मिथ’ का राम नेपालमा जन्मेको दाबीसँगै गुमनाम ठोरी सञ्चारमाध्यममा (दुई/चार दिन नै सही) झुलुक्क झुल्केको सत्य हो । योभन्दा पनि सत्य हो, भारतमा मोदीले जसरी नेपालमा ओलीले गरेको ‘राम’ राजनीति । त्यत्ति नै सत्य हो, नुन बोक्ने हटारु लर्को लाग्ने कुनै जुगको नुनथलो ठोरी हो । भिखनाठोरीमा गुड्ने रेल गीत भएर फुलेको नि सत्य हो–
नेपाली भान्साबाट भोटे नुन बिलाएकै जुग बिते पनि जनजिब्रोबाट बिलाउन बाँकी छ । भोटे नुनसँगै भोटे ताल्चा र भोटे कुकुर लोक ‘सम्झना सल्लाघारी’ मा भुर्रभुर्र उड्छन् । ती कहिले ‘आहानमेन’ भएर उड्छन् त कहिले ‘गीत’ भएर । कहिले ‘आसिक’ त कहिले ‘मन्त्र’ भएर ।
छोरो ‘टुप्लुक्क’ आइपुग्ला कि भनी १८ वर्षदेखि बाटो हेरिरहेकी एउटी आमा आफूले खानुअघि छोरालाई खाना पस्केर अङ्नामा राखिदिन्छिन् । रातदिन छोरा–खोजरत उनै दाङ सिस्सन्याकी ६९ वर्षीया आमाको एक दिनको दैनिकी हो यो । त्यो एक दिन अर्थात् २०७६ पुस २८ को ।