काठमाडौं उपत्यकाले अनेकौं पटक पानीको हाहाकार र अनिकाल भोगेको छ । परापूर्वकालमा सुख्खा पर्दा उपत्यकाका मानिसहरु भगवान पुकार्थे, जात्रा गर्थे । बुँग द्य (रातो मच्छिन्द्रनाथ) जात्राको कथा प्रमाण हो यसको । पानी सुकेपछि जमिन चिरा पर्छ ।
रामेछाप र दोलखाको सिमाना हो मिल्ती खोला । मिल्ती खोलाको छेवैमा छ शीतला देवीको मन्दिर । यही मन्दिरको नामबाट बसेको शीतली बजारबाट पश्चिम उकालो चढ्न थालेपछि सुरु हुन्छ मेलुङ्ग गाउँपालिका । डाँडाखर्क, भेड्पु, घ्याङसुकाथोकर, पोवटी, अँधेरी खोला हुँदै शैलुङ्गेश्वरी गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकासम्म फैलिएको छ मेलुङ्ग ।
सहरको प्राचीन बजार असनमा बहस चलिरहेको छ– अहिले नगरे कहिले गर्ने ? युवा एकजुट भएका छन् । तात्तिएका छन् । फुटपाथ पसलले अस्तव्यस्त बनाएको असनलाई व्यवस्थित बनाउने शंखनाद गरेका युवालाई प्रौढहरू प्रोत्साहित गर्दै छन् । भन्दै छन्– ‘ठीक गर्यौ । असनमा हुने भीडको मूल कारक यिनीहरू नै हुन् ।’
लकडाउन थपिएको थपियै छ तर लकडाउन खुल्ने खबरले मन बढी आतंकित भएको छ । केही दिनअघि लकडाउन आंशिक खुल्दा सहर अस्तव्यस्त बन्यो । लकडाउनमा चिल्लो पारिएका सडकले पहिलो जाम भोग्यो । समूह-समूहमा निस्किएका मानिसको पदचापले लकडाउनमा टल्किएका सडक मैला भए ।
चीनबाट सुरु भएको संक्रामक रोग विश्वभर फैलिन थालेपछि विश्व स्वास्थ संगठनले कोरोना भाइरस संक्रमणलाई महामारी घोषणा गर्यो । र यससँग लड्न सबै राष्ट्रहरुलाई एकजुट हुन आव्हान गर्यो ।
थुप्रै पुस्तकले भरिएको भण्डारजस्तो देखिने एउटा बेनाम पुस्तकालय । अव्यवस्थित र छरपस्ट पुस्तकहरू । केही पुस्तक र्याकमा ठडिएका छन् तर पुस्तक क्रम, संकेत चिह्न केही छैनन् । अघिल्लो दिन देखेका पुस्तक हराइरहेका छन् । पुराना पुस्तकका गाता च्यातिन थालेका छन् ।