अहिलेको अर्थतन्त्र मन्दीको अवस्थामा गुज्रिरहेको छ । सरकारले बाह्य क्षेत्र ठीक छ भन्दै आए पनि त्यस्तो होइन । जबजब अर्थतन्त्र मन्दीमा गएको छ, त्यतिबेला विदेशी मुद्रासञ्चिति थुप्रिने गरेको छ । विदेशी मुद्रासञ्चिति बढ्दैमा बाह्य क्षेत्र ठीक छ भन्नु हुँदैन ।
देशको आर्थिक अवस्था र ज्यालाको दर बढ्न थालेमा विदेशिने जनशक्ति आफैं कम हुने छ । अवसरका लागि विदेश गएका मानिसहरु यहाँको अवस्थामा सुधार भए विस्तारै फर्कने छन् ।
नेपालका ठूला राजनीतिक नेतृत्व, घटनाक्रम र परिवर्तनका घटना प्रदेश १ बाट सुरु भएका थिए । २००४ सालको मजदुर आन्दोलन, ००७ सालको क्रान्ति मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको भूमि पनि यही नै हो । भारतको पश्चिम बंगालसँग जोडिएको प्रदेश भएकाले यहाँ पहिले दुई किसिमको प्रभाव थियो ।
हामीले सरकार छोड्दा ढुकुटीमा झन्डै १ खर्ब ९५ अर्ब रुपैयाँजति थियो । त्यतिखेर बैंकहरुको निक्षेप २१ प्रतिशतले बढेको थियो । कर्जाको वृद्धि पनि त्यसैको हाराहारीमा हुँदा बैंकमा तरलताको समस्या थिएन । ब्याजदर एकल अंकमा सीमित थियो । जसले गर्दा निजी क्षेत्रबाट आउने लगानीका लागि त्यति ठूलो अप्ठ्यारै स्थिति थिएन ।
नेपालले सन् १९८० को दशकको मध्यदेखि नै आर्थिक सुधारका कार्यक्रमहरू अघि बढाएको थियो । खासगरी बढ्दो बजेट घाटा, व्यापार तथा भुक्तानी असन्तुलन, नियन्त्रित औद्योगिक, व्यापारिक तथा वित्तीय प्रणाली, स्थिर विनिमय दरका कारण उत्पन्न चुनौतीबीच यस्तो सुधार अघि बढाइएको थियो । यसलाई पहिलो चरणको सुधार भने पनि हुन्छ ।