नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्मा दुई दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । महालक्ष्मी भेहिकल टूर्सका सञ्चालक शर्मासँग पर्यटक बस र माइक्रो गरेर गत चैतसम्म ५५ वटा सवारीसाधन थिए ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले केटाकेटीपन देखाएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आइतबार इकान्तिपुरसँगको कुराकानीमा वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको बताएका हुन् ।
हरेक वर्षायाममा चर्चामा रहने गण्डक नहरमा यसपटक नारायणी नदीको बहाव उच्च रहँदा ४ लाख ४० हजार क्युसेक पानी बग्यो । यही नहरमा बनाइएको बाँधबाट दक्षिणपट्टिको पानी भारतको बिहारतिर जान्छ भने उत्तरको पानी नेपाली भूमि हुँदै उत्तर प्रदेश पुग्छ । तर, द्विदेशीय सम्झौताअनुसार पाउनुपर्ने पानी नपाउँदा नेपाली भूमि हिउँदमा सधैंजसो आकाशे पानीमा निर्भर हुने गरेको छ भने वर्षामा बाढीको चपेटामा पर्ने गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन सरकारले लकडाउन गरेको आज २६ औं दिन हो । लकडाउनले देशैभरी मानिसहरुको आवतजावत ठप्पै छ । अत्यावश्यक सवारीसाधनबाहेक अरु सबै बन्द छन् । त्यसैले अहिले प्रदूषण कम छ । राजधानी काठमाडौं पनि सफा देखिएको छ । त्यसमाथि वसन्त ऋतुमा फुलेका फूलहरुले काठमाडौंका सडक किनार आकर्षक देखिएका छन् ।
नेपालले अमेरिकामाथि ३५ रनको विजय हात पारेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो ।