२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

चित्रांग थापा र भवानी भट्ट

चित्रांग थापा र भवानी भट्टका लेखहरु :

केदारनाथका शोकसन्तप्त नेपाली काममा फर्किँदै

गत बिहीबार सल्यानका भीम प्रकाश केसी केदारनाथस्थित आफ्नै होटेलमा सुतिरहेका थिए । दिउँसैदेखि भारी वर्षा भइरहेको थियो । राति पनि ठूलो पानी परिरहेकाले उनले समयमै होटेल बन्द गरे । बिहान उठ्नेबितिक्कै नजिकै पहिरो गएको देखे । विस्तृतमा बुझ्दा नेपालीले नै सञ्चालन गरेको होटेल पहिरोले बगाएको जानकारी पाए । होटेल सञ्चालकको परिवारै बेपत्ता भएको खबरले उनी झनै आत्तिए ।