गोरखा

गोरखाका लेखहरु :

आधाले बुझाएनन् चुनावी खर्च विवरण

गत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका आधाभन्दा बढीले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार हालसम्म ४९ प्रतिशत उम्मेदवारले मात्रै चुनावी खर्चको विवरण कार्यालयमा पेस गरेका छन् । विवरण बुझाउने अन्तिम दिन आइतबारसम्म ९ सय ६२ जनाले मात्रै यस्तो विवरण बुझाएका छन् । 

बुढीगण्डकीको मुआब्जामा पौने ५ अर्ब निकासा

बुढीगण्डकी डुवान प्रभावितलाई दुई चरणमा ४ अर्ब ७० करोड रकम निकासा भएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा, वातावरण, पुनर्बास तथा पुनःस्थापना इकाइले डुबान क्षेत्रमा पर्ने घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा रकम वितरण गरेको हो । हालसम्म ३ हजार ४ सय ६८ जनाको खातामा रकम निकासा भएको इकाइका प्रमुख जगतकुमार श्रेष्ठले जानकारी दिए ।

५ दिन हिँडेर मतदान केन्द्र

भौगोलिक हिसाबले विकट चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगेका छन् । चीनसँग सीमा जोडिएको चुमनुव्रीका मतदान केन्द्रमा कम्तीमा ५ दिन हिँडेर कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् । उनीहरूले साथमा मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री बोकेर लगेका थिए ।