यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा दुई लाख २९ हजार ५८ मतदाता कायम भएका छन् ।
गोरखा — जिल्लाका ८३ मतदानस्थल अति संवेदनशीलमा परेका छन् । भौगोलिक अवस्था, गत चुनावको विश्लेषणलगायतलाई आधार मानेर जिल्ला सुरक्षा समितिले ८३ मतदानस्थललाई अति संवेदनशीलमा राखेको हो । १ सय ३० मतदानस्थल संवेदनशील र ११ सामान्यमा राखिएको छ ।
जिल्लामा दुई सय २५ मतदानस्थल र ३ सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको मतदानस्थलमा सुरक्षा रणनीति तयार गरेर सुरक्षाकर्मी परिचालन गरिने छ ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा दुई लाख २९ हजार ५८ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको गोरखाको क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ तथा क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता कायम छ ।
दुवै निर्वाचन क्षेत्रमा १ लाख १४ हजार ८ सय ३७ पुरुष र १ लाख १४ हजार २ सय २० महिला मतदाता रहेका छन् ।
