गुरुराज घिमिरे

गुरुराज घिमिरे नेपाली कांग्रेसका नेता हुन् ।

गुरुराज घिमिरेका लेखहरु :

लोकतान्त्रिक सभ्यता पुनःस्थापनाको अभिभारा 

केही समयपछि संवत् फेरिँदै छ । हामी सधैं नयाँ संवत्सँगै नयाँपन अपेक्षा गर्छौं । हाम्रो चाहना राज्य व्यवस्थामा नयाँपन, सुधार र जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हो तर आजसम्म सुधार र परिवर्तनको कुनै लक्षण देखिएको छैन । अब त होला कि, अबचैं पक्कै होला भन्दाभन्दै नेपालको झन्डै आठ दशक समय अनुत्पादक रूपमा व्यतीत भइसकेको छ ।