कतिपयले वीरेन्द्र रहिरहेको भए कुनै रूपमा राजतन्त्र रहन्थ्यो कि ? माओवादीले राजतन्त्रसँग कुनै सहमति गर्थ्यो कि ? संसद्वादी शक्तिहरू राजतन्त्रसँग मिलेर जान्थे कि ? भन्ने प्रश्न उठेको पाइन्छ । त्यस्तो हुन सम्भव थिएन । किनकि वीरेन्द्र स्वभावका हिसाबले अलिकति नरम देखिए पनि उनी परम्परागत राजतन्त्रका राजा थिए ।