२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

राधा पौडेल

राधा पौडेलका लेखहरु :

जलवायु न्याय र मर्यादित महिनावारी

ब्रह्माण्डलाई चलायमान राख्न अपरिहार्य महिनावारी प्राकृतिक वा जैविक प्रक्रिया हो । परिस्थितिअनुरूप महिनावारीसँग जोडिएका अभ्यासका बारेमा छलफल, अनुसन्धान गर्नुभन्दा पनि यसलाई कहिले नकारात्मक जस्तो अचम्म शक्तिका रूपमा स्थापित गर्दै त्यहीअनुरूप सोच र अभ्यास भएको देखिन्छ ।

महिनावारी बिदा र लैंगिक समानता 

लुम्बिनी प्रदेशसभा सचिवालयले निजामतीले पाउने छुट्टीअन्तर्गत ‘महिनावारी बिदा’ घोषणा गरेपछि यो राम्रो कि नराम्रो भन्ने बहस सुरु भएको छ, जसका कारण सदियौंदेखि लाज मानिएको, खुलेर बोल्न नसकिएको ‘महिनावारी’ शब्दले सार्वजनिक वृत्तमा ठाउँ पाएको छ । तर महिनावारी बिदाले महिनावारी विभेदलाई झन् मलजल गरेको छ ।

काठमाडौं महानगरमा महिनावारी मुद्दा

काठमाडौं महानगरका ९२ वटा सरकारी विद्यालयमा प्रायः न्यून मध्यम परिवार तथा सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने छात्राहरू धेरै छन् । उनीहरूलाई १०–१४ वर्षभित्र महिनावारी हुन्छ । भविष्यमा महिनावारी विभेदबाट मुक्त भएर जिउनका लागि ५/६ वर्षदेखि नै उनीहरूमाझ महिनावारीबारे छलफल गर्नु जरुरी छ । यसले गर्दा एक कक्षा पढ्ने छात्रामा, ‘म ६/७ वर्षपछि महिनावारी हुन्छु र त्यो प्राकृतिक र अनिवार्य प्रक्रिया हो’ भन्ने सोचको विकास भई महिनावारीलाई गर्व र शक्तिका रूपमा आत्मसात् गर्छन् ।

महिनावारी विभेदको बिस्कुन

कोटाकेटी उमेरमा पाका महिलाहरूसँग, आमाका दौतरीहरूसँग, आमाहरूसँग साथे जानु वा मेलापात गर्नुका अनेक फाइदा हुन्थे । सबैभन्दा दीर्घकालीन फाइदा त स्पोन्जले कुनै झोल सोसेजस्तो एकोहोरो उहाँहरूको कथा सुनिरहन, बुझिरहन, मनन गरिरहन पाउनु थियो । यसरी नै थाहा पाएकी हुँ– मेरी आमाले रिक्सामा भाइ बोकेर घर आएको कथा । त्यतिखेर भाइ पाउँदा संसार जितेजस्तो भएको थियो ।

महिनावारी मर्यादित नभई घरैबाट हिंसा अन्त्य हुन्न

केही समयअघि महिला मन्त्रालयबाट सोह्रदिने लैंगिक हिंसाविरुद्धको अभियानसम्बन्धी निमन्त्रणापत्र पाउँदा फरक अनुभूति भयो । खुसी बनाउने कारण त्यहाँ लेखिएको नारा थियो, ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं ।’ तर यो खुसी क्षणभरमै तुहियो ।

महिनावारीको गलत भाष्य

गोठमा सुत्केरी हुने, आमा र बच्चाको मृत्यु धेरै हुने समस्यालाई नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रमले सम्बोधन गर्दैगर्दा सुत्केरी हुने र महिनावारी हुँदा बस्ने ठाउँ एकै वा गोठ भएकाले ‘छाउपडी’ शब्दले अन्तर्राष्ट्रिय विकासको बजारमा प्रवेश पायो । दाताहरूलाई प्रभाव पार्ने सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यही शब्द भित्रियो र अन्ततः नेपालको पहिचान नै ‘छाउपडीको देश’ भयो ।