समीक्षक, लेखक र कविकाे परिचय बनाएका हरि अधिकारीका कथा, कविता र उपन्यास प्रकाशित छन् । उनले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनी समेटिएको ‘एक्लो नायक’ उपन्यास समेत लेखेका छन् ।
उनी कांग्रेस वा कम्युनिस्ट पार्टीका अरू कतिपय नेता–कार्यकर्ताहरूझैं झुक्यानमा परेर वा लहैलहैमा लागेर प्रजातान्त्रिक आन्दोलनको जोखिमपूर्ण प्रक्रममा सहभागी भएका थिएनन् । उनले सोची–विचारीकन रोजेको संघर्षको बाटो थियो त्यो ।