किशोर थापा

किशोर थापाका लेखहरु :

शिलान्यास र उद्घाटन मात्रै ?

सत्तासीन व्यक्तिहरूबाट भएका शिलान्यास र उद्घाटनका कार्यक्रमहरू प्रायः विवादित हुने गरेका छन् । कुनै पनि आयोजनाको पूर्वतयारीबिना गरिने शिलान्यास र काम नसकिँदै गरिने उद्घाटनले जनमानसमा ती कार्यक्रमहरूको औचित्य स्थापित गर्न गाह्रो परिरहेको छ ।

सहरमा पुनर्निर्माणको सकस

बहत्तर सालको भूकम्पपछि भइरहेको पुनर्निर्माण ग्रामीण क्षेत्रमा झन्डै ८० प्रतिशत र सहरी क्षेत्रमा ६२ प्रतिशत सम्पन्न भएको देखिन्छ । काठमाडौं उपत्यकाका हकमा, ३९ प्रतिशत मात्र सम्पन्न भएको आँकडा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको छ ।

सम्पदा बस्तीको पुनर्निर्माणमा ‘हाउस पुलिङ’

२०७२ सालको विनाशकारी भूकम्पपछि हाउस पुलिङ (एकीकृत आवास विकास) को अवधारणाबारे सहरी योजनाकारहरूका बीचमा चर्चा चल्न सुरु भएको हो । क्षतिग्रस्त सम्पदा बस्तीहरूको पुनर्निर्माणका लागि उपयुक्त विधिका रूपमा यसलाई अघि सारिएको हो ।

भूकम्पपछि भवन पुनर्निर्माण

२०७२ सालको विनाशकारी भूकम्पबाट देशका निजी घर र सरकारी भवनहरू क्षतिग्रस्त भएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आँकडाअनुसार, ८,२८,५६४ निजी घर; ७,५५३ विद्यालय भवन; १,१९७ स्वास्थ्य भवन; ४१ सरकारी कार्यालय भवन; सुरक्षा निकायका २१६ भवन तथा ९२० वटा सम्पदामा क्षति पुगेको थियो । भवनहरूका तुलनामा सार्वजनिक पूर्वाधारहरू (जस्तै— सडक, विमानस्थल, खानेपानी र ढल निकास, विद्युत्, टेलिफोन सेवा) मा कम नोक्सानी भएको थियो ।