नारायण ढकाल

नारायण ढकालका लेखहरु :

दिशाहीन समाजवादको पटकथा

अधिकांश असफल सरकारका नाइकेहरू भन्ने गर्छन्— हाम्रो समयमा धेरै राम्रो काम भएको थियो तर सञ्चारक्षेत्र र आलोचकहरूले यसलाई देख्न कन्जुस्याइँ गरे । यस्तो दाबी गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली विशेष स्थानमा पर्नुहुन्छ ।

तमसपुर मोन्ताज

(अग्र–टिपोट : कोभिड–१९ भय र आतङ्कको नाम थियो । अथवा त्यो नीलो भाइरस भनिएको पदार्थ रहस्यमय सर्वनाम, आक्रमणकारी विशेषण वा षड्यन्त्रकारी व्याकरण थियो । जब ऊ खलनायक शैलीमा मानव बस्तीमा छिर्‍यो र युद्धरफ्तारमा मृत्युशिविरहरू बन्न थाले तब टाढाटाढा पुगेका मानिसहरू हतारहतार आआफ्नो थातथलो फर्किए । तर, केही मानिस भने उल्टै आफ्नो घरबास त्यागेर जीविका खोज्न जता पायो त्यता भौंतारिन थाले । यो लघुवृत्तान्त उही शठनायक कोभिड–१९ को प्रकोपपछि कुनै अनाम देशबाट भागेका दुई पलायनवादी गुरु र चेलाको हो । —लेखक ।)

दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो

१.सारा संसार रोएजस्तो गरी पानी दर्किरहेको थियो । मीनपचास उत्कर्षमा पुग्दा यसै पनि जाडो ज्यानमारा भएको थियो, त्यसमाथि धारिलो तरबारजस्तो झरी थपियो । यसबाहेक अर्को नमीठो खबर आएको थियो— उत्तरका हिमाली शृंखला तथा मुन्तिरका गाउँहरू हिउँको बोझले पुरिँदै थिए र दक्षिणतर्फको मधेस झन् अँध्यारो भएको थियो ।

गुटगत चूडाकर्मको शवपरीक्षा

केही समययता प्रधानमन्त्री केपी शर्मा ओली चारैतिरबाट आलोचित भएका छन् । विपक्षी दलहरूको कुरा छाडौं, बुद्धिजीवी, पत्रकार, मानव अधिकारकर्मी, लेखक, कवि, किताब उद्यमी र आर्थिक संसारसित गाँसिएका जनताको ठूलो तप्का उनको विपक्षमा उत्रेको देखिन्छ ।

मरूभूमिमा एउटा कवि (समर्पण कवि गण्डकीपुत्रलाई)

सपना पछ्याउादै मेरो कवि साथी मरुभूमिको सहरमा आइपुगेछ उराठलाग्दो एकान्तकुनै रङ नभएको भूचित्रमाटो होइन बालुवा होइनन त ढुङ्गाहरूको बगैंचा होसपना पछ्याउादै मेरो साथी मरुभूमिको सहरमा आइपुगेछ

अर्ध–आशावाद र नील वर्ण शृङ्गाल

नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भूसालको ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ (कान्तिपुर, ४ मंसिर २०७५) लेखले वाम राजनीतिक वृत्तमा ठूलै तरङ्ग ल्यायो । एक वर्षयता एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन, चुनावमा पाएको अपार दिग्विजय, सत्तारोहण तथा अद्भुत एकीकरणजस्ता घटनाले नेपाली राजनीतिलाई चमत्कृत बनाएका थिए ।