कविता : इच्छापत्र

राजकुमारको खुसी र एक अभागीको दुःखद जीवनको तुलना, जहाँ अभागीले आफ्नो पीडा र विद्रोहलाई कवितामा व्यक्त गर्छ।

श्रावण ३, २०८२

नारायण ढकाल

Poetry: Will

What you should know

news-wrap-sec

मेरो मृत्युपछिनलेखियोस् कुनै शोकगीत नछापियोस् खबरकागजमासमवेदनाको सन्तप्त विज्ञापनर, नहिँडोस् सडकमा एउटा पनि शवजुलुस

इतिहासको एक खण्डहरमा

मृत्युजस्तै बदनाम थियो मेरो जन्म

गाउँ, सहर, देश या विश्वब्रह्माण्डमा

त्यो कुनै खुसीको समाचार थिएन

मेरी आमाको बलात्कारपछि

मेरो गर्भ रहेको थियो 

ती अदना आइमाईको

अभागी कोखबाट म जन्मिएको थिएा 

त्यसपछि मैले टेकेको हुँ 

news-wrap-sec

तिम्रो यो स्वत्वहीन माटोमाथि

म सम्झिन सक्दिनँ

त्यसबखतको सम्पूर्ण परिस्थिति

तर, म अनुमान गर्छु

मेरी आमाको दुःख र पीडाको पहाडले किचिएको शरीर

म अनुमान गर्छु

मेरो महत्ताहीन जन्मको कथा

त्यो कालरात्रिमा

मेरो बाको भण्डारमा एक गेडा पनि अन्न थिएन

उनी अत्यन्त शोकाकुल थिए

घरमा लुगाफाटोको नाउँमा

इतिहास बन्न नसकेको

एउटा जीर्ण थाङ्नो मात्र थियो

news-wrap-sec

चारैतिर अँध्यारोलाई पहरा राखेर

उभिएको थियो दुश्चक्रको भयानक राक्षस

एक मानवद्वेषी अनिकालमा

कसरी जायज हुन्छन् आमाहरूका कोख ?

कसरी सामाजिक हुन्छन् उनका अभागी सिर्जना ?

कसरी हुन्छ सृष्टिको नवीकरण ?

र, कसरी बन्छ तथाकथित ईश्वरको कृपा ?

म जन्मेको राति

पृथ्वीमा जन्मेको थियो एक राजकुमार

(पछि त्यो राजा बन्यो)

त्यसबखत

हर्कबढाइँमा तोपहरू गर्जेका थिए

news-wrap-sec

लहरेबढाइँ भएको थियो खुला मैदानमा

र, आतसबाजीले सहर आतंकित थियो

महारानी प्रसव पीडापछि आनन्दित थिई

बूढो सम्राट् मातेको थियो सयौं वर्ष पुरानो रक्सीले

तर, मेरी आमा

मलाई जन्माएपछि एक निमेषमै बूढी भइन्

प्रश्न गरिन्– निरीह बातिर फर्केर

किन बाँझी भइनँ म ?

किन कालले लगेन मलाई ?

मेरा असमर्थ बासित आमाका प्रश्नहरूको जवाफ थिएन

news-wrap-sec

बिनाअर्थ सकिए 

मेरा बाल्यकाल र जवानीका दुर्दिनहरू

जीवन कहिल्यै भएन जीवनजस्तो

बालकहरूले बोल्ने कुनै पनि काव्यमय शब्दको सम्झना छैन मलाई

बालकहरूले खेल्ने एउटा पनि आनन्ददायक खेलको नाम लिन सक्दिनँ म 

न बताउन सक्छु

कुनै रंगीन सपनाको एउटा मात्र परिदृश्य

उसरी नै बिते मेरा जवानीका दिनहरू

मेलापर्वमा एउटा पनि गीत नगाई

news-wrap-sec

माया र पिरतीको स्वादै नचाखी

उसरी नै बिते मेरो नरकयात्राका वियोगान्तहरू

अहिले म असमयमै वृद्ध भएको छु

कपाल सेताम्य भएका छन् 

आँखाको शक्ति निकै कमजोर भएको छ

र, म मृत्युको विशाल प्रवेशद्वारअगाडि उभिएको छु 

अझै जवान छ मसितै जन्मेको महाराज

उसलाई कुनै अभागी पुरुषले दिएको छ आफ्नो जवानी 

तर पनि ऊ अवश्य मर्नेछ एक दिन

news-wrap-sec

तर, मृत्यु उसलाई गौरवपूर्ण अँगालोमा बेर्न प्रतीक्षारत छ

मृत्यु चकित छ, उसको इतिहाससित

मृत्युलाई मतलब छैन कालो साम्राज्यका अपराधी सबुतहरूसित

व्यभिचार, हत्याकाण्ड र कोतपर्वहरूसित

मृत्यु पुलकित छ

सम्राट्को भाग्य र पराक्रममा

लेख्दै छ आफ्नो खातामा उसको सुनौलो स्तुति 

मृत्यु मलाई हेप्छ

ऊ मलाई एक आँखाले पनि हेर्दैन

त्यसैले कुनै महात्मा वा दार्शनिकले जस्तो

news-wrap-sec

मैले सहज रूपमा मृत्युलाई लिन सकिनँ

कुनै दिव्यात्माले झैं 

जन्मलाई पनि सहज मान्न सकिनँ

त्यसपछि— 

हो, त्यसपछि

मलाई यो ठाउामा मर्ने इच्छा भएन

मन लागेन मलाई 

एउटा गरिब मृत्युको खबर प्रकाशित गर्न

जहाँ मेरो इतिहास लुटिएको छ

जहाँ प्रेम, वीरता, स्नेह, सहयोग, दान, दक्षिणा

मेरा योग्यता बनेनन् भने

त्यहाँ म मर्न पनि अयोग्य छु 

news-wrap-sec

मलाई बेइज्जत कमाउनु छैन 

अपमानित बन्नु छैन

त्यसैले आज म लेख्छु,

कवितामार्फत एउटा इच्छापत्र

— म यो कुरूप मृत्युलाई घृणा गर्छु

— म यो पक्षपाती चापलुसलाई चुनौती दिन्छु र घोषणा गर्छु :

तिमी मलाई मार्न सक्दैनौ यहाँ

किनकि,

तिम्रो जंगली मुख खुल्दानखुल्दै

म गायब भइसकेको हुनेछु 

यो रुग्ण उपत्यकाबाट

मृत्यु मेरो शुभचिन्तक होइन

news-wrap-sec

म मृत्युलाई घृणा गर्छु ।

नारायण

Link copied successfully