१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुनीता गाइसी

सुनीता गाइसीका लेखहरु :

समय बदलिन्छ, बदलिन्न आमाको मन

अगाध माया प्रेम र स्नेह बोकेको छ ‘आमा’ शब्दले । आमाको त्याग, तपस्या र बलिदानको चर्चा गर्न शब्दकोशमा पनि शब्दहरूको अभाव हुन्छ । आफू भोकै बसेर, आफ्ना चाहनाहरूलाई कुण्ठित पारेर सन्तानहरूका इच्छा–चाहना हाँसीहाँसी पूरा गरिदिने व्यक्ति आमा नै हुन्छिन् । हरेक दुःख, कष्ट र अभावमा पनि चन्द्रमा जस्तै उज्याली र फुर्तिली भई अगाडि बढ्ने आमा नै हुन्छिन् । आमा साथमा हुँदा संसार आफूसँगै रहेको भान हुन्छ । आमाभन्दा टाढाका बाटाहरू अँध्यारा र अप्ठ्यारा हुँदै जान्छन् । आमा एउटा ज्योति हुन्, जसले निष्पट्ट अँध्यारोमा पनि आफ्ना सन्तानका लागि उज्यालो किरण छर्न सक्छिन्, सही बाटामा डोर्‍याउन सक्छिन् ।

झन्झन् उपेक्षित मानविकी संकाय

हाम्रो शिक्षा प्रणालीमा प्रायः प्राविधिक विषयलाई मात्र जोड दिइन्छ । यही कारण समृद्ध हुँदाहुँदै पनि मानविकी संकायले समाजलाई लोभ्याउन सकेको छैन । मानविकीको अध्ययनले समाजलाई हेर्न–बुझ्न विशेष दृष्टिकोण दिन्छ । सामाजिक मूल्य–मान्यता, जीवनशैली, खानपान, रहनसहन, बोली–व्यवहारबारे वैज्ञानिक विश्लेषण गर्ने आधार पनि ।