सिरान भार्ली

सिरान भार्लीका लेखहरु :

‘बुझ्न नसकिएका’ एनेल्का

नेटफ्लिक्सको नयाँ वृत्तचित्र आएको छ, ‘एनेल्का मिसअन्डरस्टुड’ । अर्थात् बुझ्न नसकिएका निकोलस एनेल्का वा बुझ्न भूल भएका एनेल्का । यसै साता रिलिज भएको वृत्तचित्रलाई लिएर उनका साथी थिएरी हेनरीले भनेका छन्, एनेल्काबारे अरू सबैले जे बुझ्छ, मेरो विचारमा त्योभन्दा उनी निकै फरक छन् । मैदानमा उनी गतिला खेलाडी थिए नै । त्यसैले उनले युरोपेली च्याम्पियनसिप जिते, च्याम्पियन्स लिग पनि जिते ।