शोभा खतिवडा

शोभा खतिवडाका लेखहरु :

कोरोनाकालमा मापसे जाँच

त्यस रात हामी कोटेश्वर आफन्तकोमा खाना खाएर घर फर्कंदै थियौं । चौडा चक्रपथ, केही मिनेटमै बल्खु पुगिएछ । छोराले अचानक गाडी रोक्यो । ट्राफिक प्रहरीले झ्याल खोल्न लगाए । छोराले झ्याल खोलेपछि ट्राफिक प्रहरीले मापसे जाँच्ने ब्रेथलाइजर उसको मुखै छुने गरी तेर्स्याए ।