हरेक बिहान भारतको एउटा टीभी च्यानलमा एक ज्योतिषी आउँछन् । उनले ग्रह–नक्षत्रको कुरा गर्दा ‘शल्यक्रिया गरेर बच्चा जन्माउने दिन र समय कुन राम्रो’ भनी परामर्श दिन्छन् ।
हाम्रो देशमा थाहा नपाउने गरी धेरै खानेकुरा, खासगरी बालबालिकाका खानेकुराको बजारीकरण भएको छ । चाउचाउ (काँचै खान हुने), पफ बल्स, कुरकुरे, गुणस्तरहीन बिस्कुट इत्यादिले परम्परागत खाना र खाजालाई सजिलै विस्थापित गरेका छन् । होस नपुर्याउँदा यसले हाम्रो अर्थतन्त्रका साथै बालबालिकाको स्वास्थ्यमा समेत दीर्घकालीन रूपमा नराम्रो असर पुर्याउँछ ।