एसिड अर्थात् तेजाब नेपालमा जोसुकैले जहिलेसुकै किन्न र बेच्न सक्छन् । विभिन्न प्रयोजनका लागि खरिद गरिने भए पनि यसको प्रयोग केही वर्षयता महिला हिंसामा हुने गरेको छ । एसिड आक्रमण महिला तथा पुरुष दुवैमा हुन सक्छ, तर नेपालमा महिलामाथि बढी हुने गरेको छ, जुन निकृष्ट हिंसा हो । एसिडको शारीरिक, मनोसामाजिक र मानसिक असर महिलाले जीवनभरि भोगिरहनुपर्छ ।
हामीले पहिलोचोटि भेट्दा रामकुमारी १९ वर्षकी थिइन् र परिवारको जिम्मेवारी उनकै काँधमा थियो । नेपालमै मर्यादित काम नभेटेकाले उनी गार्मेन्ट क्षेत्रमा रोजगारीका लागि जोर्डन गइन् ।