२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेहा चौधरी

नेहा चौधरीका लेखहरु :

‘महिलाको संरक्षण होइन, अधिकारको सुरक्षामा केन्द्रित हुनुपर्छ’

नेपालको वैदेशिक रोजगार ऐन, नियमावली र नीति तीनवटै कानुनमा आप्रवासी महिला कामदारका लागि विशेष व्यवस्था उल्लेख गरिएको छ । तिनले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित बनाउने भन्नेबारे मार्गदर्शन गरेका छन् । तीनवटै संयन्त्रमा महिलाविरुद्ध कुनै पनि किसिमको भेदभावपूर्ण नीति रहन नपाउने, अभिमुखीकरण तालिममा महिलाको सहभागीलाई प्राथमिकतामा राखिनुपर्ने, जुन देशमा एक हजारभन्दा बढी महिला श्रमिक छन्, त्यहाँ उनीहरूको सुरक्षाका लागि लेबर अट्यासे राखिनुपर्ने जस्ता प्रावधान राखिएको छ । कुन–कुन क्षेत्रमा महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्नेदेखि पुन:एकीकरणका कुरामा समेत महिलालाई ध्यान दिइनुपर्ने भनिएको छ ।