सन् २००९–२०१० यता पहिलोपल्ट रियल म्याड्रिडले यस सिजन केही पनि जित्न सकेन । यो यस्तो स्थिति हो, जहाँ रियललाई लिएर धेरै प्रश्न छन्, तर त्यसको उत्तर भने कममात्र छन् ।
एक समय इटालियन सिरी ‘ए’ मा युभेन्ट्स छुनै नसकिने गरेर अगाडि थियो । त्यसैले युभेन्टसले लगातार सात लिग उपाधि जितेको थियो । इटालीको घरेलु फुटबलको शीर्षस्थानमा युभेन्टसको प्रतिस्पर्धा कोहीसँग थिएन ।