१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी प्रदेश ब्युरोका लेखहरु :

लुम्बिनीका अधिकांश स्थानीय तहले ल्याए बजेट

रूपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटाले आइतबार आगामी आव २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण आइतबार बजेट पेस गर्न सकेनन् । तीनवटै तहमा बजेट बाँडफाँटको विषयमा सहमति नजुटेपछि बजेट पेस हुन नसकेको हो । रोल्पाको एक र अर्घाखाँचीको एक स्थानीय तहले बजेट ल्याउन सकेन । गुल्मीका दुई स्थानीय तहले आइतबार नै नीति कार्यक्रम र बजेट एकैसाथ पेस गरेका छन् ।

केन्द्रको निर्देशनपछि बागी फिर्ता

बुटवल उपमहानगरपालिकामा गठबन्धनका ठूला दलका विरुद्धमा ‘बागी’ उम्मेदवारी दिएका साना दलले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने गठबन्धनमा केन्द्रबाटै सहमति भएको थियो । त्यसको विरोध गर्दै गठबन्धनका साना दल जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी दिएका थिए । तर, केन्द्रको निर्देशनअनुसार उनीहरूले उम्मेवारी फिर्ता लिएका हुन् । 

लुम्बिनीमा आइतबार उम्मेदवारी दर्ता न्यून

लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तह उम्मेदवार मनोनयनको पहिलो दिन आइतबार सुनसान देखिए । ठूला दल गठबन्धनको झमेलामा अल्झिएको र गठबन्धनका उम्मेदवारको पर्खाइमा एमाले बसेपछि आइतबार यहाँका निर्वाचन कार्यालय सुनसान बनेका हुन् । रूपन्देही र बर्दियाका केही पालिकाहरूमा सीके राउत समूहले पनि उम्मेदवारी दर्ता गराएको छ । धेरै स्थानीय तहमा स्वतन्त्र र मधेसवादी दलले पनि उम्मेदवारी दिएका छन् । पाल्पामा मंगोल नेसनल अर्गनाइजेसन पार्टीले पनि उम्मेदवारी दिएको छ ।

माघी सुनसान

रुपन्देहीको सैनामैनाकी सुजनी चौधरीलाई यो वर्ष माघी पर्व आएजस्तै भएको छैन । पहिले एक महिना अगाडिदेखि माघीको रौनक हुन्थ्यो । गाउँघरमा हर्ष उल्लास छाउँथ्यो । कोरोना संक्रमणका कारण यो माघी सुनसान बित्न लागेको उनले बताइन् ।

चिसो बढेसँगै जनजीवन कष्टकर

बड्का थारू सबेरै अटोरिक्सा लिई मणिग्राम चोकतिर लाग्थे । दिनभरि मान्छेलाई गन्तव्यमा पुर्‍याइदिने काम गरेबापत भएको कमाइले साँझ चामल किनी घर फर्किन्थे । रूपन्देहीको तिलोत्तमा–६ का उनलाई तीन दिनयता चिसोले निकै सताएको छ ।

कांग्रेस महाधिवेशन : लुम्बिनीमा मिश्रित नतिजा

संघीय महाधिवेशन प्रतिनिधि चयनका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका निर्वाचनको मिश्रित परिणाम आएको छ । कुल १२ जिल्ला रहेको प्रदेशमा बुधबार साँझसम्म ५ जिल्लाको परिणाम आएको छ । केही जिल्लामा अबेरसम्म मतदान भइरहेको थियो । बाँके र बर्दियामा बिहीबार निर्वाचन हुँदै छ ।

दलका अधिवेशनमा असन्तुष्टि धेरै

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रूपन्देहीको भैरहवामा क्षेत्रीय समितिको निर्वाचनपछि मतगणनाका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच कुटाकुट हुँदा पाँच जना घाइते भए । रूपन्देही–३ प्रदेशसभा (क) को मतगणना जारी रहेकै बेला देउवा पक्षका कार्यकर्ताले आक्रमण गरेको पौडेल पक्षधरको आरोप छ । यहाँ दुवै पक्षले प्यानल बनाएका थिए । 

एउटै जिल्लामा १ लाख सुकुम्बासीको निवेदन

घर उनका बाबुकै पालामा बनेको हो । तर घडेरीको स्वामित्व दाबी गर्न उनीसँग लालपुर्जा छैन । रूपन्देहीको मायादेवी–६ का ५५ वर्षीय होमबहादुर थापाको १७ धुर जग्गामा घर छ । २०३६ सालमा मालपोतबाट कागज गरेर किनेको जमिनको उनले पुर्जा पाएका छैनन् । ‘धेरै पटक दर्ताका लागि फारम भर्ने, बुझाउने, नापजाँच भयो,’ उनले भने, ‘तर पुर्जा दिएनन् ।’