लीना दुवाडी

लीना दुवाडीका लेखहरु :

मांसाहार र स्वास्थ्य

भेजिटेरियन रेस्टोरेन्ट्स नियर मी !अमेरिका आएपछि मैले सबैभन्दा पहिले र सबैभन्दा धेरै गुगल गरेको वाक्यांश हो यो । सानैदेखि शाकाहारी मलाई विश्वमा सबैभन्दा बढी मांसाहारी भएको देश अमेरिकामा एडजस्ट गर्न सुरुको एक वर्ष अलि कठिन पर्‍यो ।

सोसल मिडियामा ‘तुलना र ईर्ष्या’

‘तिम्रो इन्स्टाग्राम स्टोरी हेर्दा त मलाई पनि अमेरिका गएर बस्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ केही साताअघि एउटा भारतीय साथीले मलाई भन्यो । उसको भनाइ सुनेर मलाई ‘अमेरिकामा त्यस्तो के छ र, जुन भारतमा उपलब्ध छैन ?’ भन्ने लाग्यो ।

‘स्पिरिचुआलिटी’का भ्रम

कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै भएको चिडियाखाना भ्रमणमा सर्पका प्रजाति अवलोकन गर्दैगर्दा एक जना दाइले भने, ‘यता नाग हेर्न आऊ । तिमी त पूजा गर्ने मान्छे !’मेरो मनमा उनको कुरा चस्स बिझ्यो । यो लेख लेख्नुका केही कारणमध्ये सायद त्यो घटना पनि एक हो ।

सोसल मिडिया स्क्रोलिङको लत

तपाईं दैनिक कति समय मोबाइल ‘स्क्रोल’ गर्नुहुन्छ ? बिहान उठ्नेबित्तिकै, चिया पिउँदै, खाना खाने बेला, दिउँसो यत्तिकै बस्दा, खाजा खाँदा, बेलुका खाना खाँदा, टीभी हेर्दै गर्दा, राति सुत्नुअगाडि ?

सम्बन्धविच्छेद र नेपाली सोच

अहिले जीवन ‘भर्चुअल’ भएको छ । कोरोना भाइरसको कहरले ‘क्याफेमा भेटौं न !’ भन्नुपर्नेमा ‘जुम मिटिङ गरौं न !’ भन्नुपर्ने भएको छ । डिजिटल ‘स्टोरीटेलर’ का रूपमा मेरो दैनिकी त यसै पनि ‘भर्चुअल’ । केही दिनअघि यस्तै ‘भर्चुअल’ माध्यमबाट गृहनगरकी एक जना साथीसँग कुराकानी भयो । उनीसँगको यस्तो वार्तालाप १२ वर्षपछि हुँदै थियो ।