२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कृष्ण ढुंगाना

कृष्ण ढुंगानाका लेखहरु :

चुनावको नयाँ रणमैदान

पछिल्लो समय विश्वभर प्रविधिले आर्थिक उत्पादन र सेवाको कार्यक्षमता बढाएको छ । सञ्चार प्रविधि र सञ्चारमाध्यमले संरचना र आधारभूत स्वरूप परिवर्तन गरेका छन् । नेपालमा सर्वसाधारण पनि मोबाइल फोन बोक्छन्, सूचना र सञ्चार सामग्री इन्टरनेटबाट प्राप्त गर्छन् । सहरी बासिन्दा त घरै बसीबसी मन पर्ने पुस्तक, सामान मात्र होइन, खानेकुरा पनि मगाउँछन् । अझ, केही दशकअघिसम्म अस्तित्वमै नभएका सामाजिक सञ्जाल र स्मार्टफोनले अहिलेको निर्वाचन र उम्मेदवार–मतदाता सम्बन्धमै आनका तान फरक पारेका छन् ।

ताता दिनहरू आउनेछन्

मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप आफूअनुकूल बनाइदिने एयर कन्डिसनदेखि सिटमा मसाज सुविधा भएका सवारी साधनसम्म ।