रत्नपार्क अहिले फेरि विवादमा तानिएको छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल र कतिपय साामाजिक कार्यक्रमहरूमा विरोध घन्किरहेको छ । आफू स्वयंले राष्ट्रिय विभूति शंखधर साख्वःलाई आदर्श व्यक्तित्व मान्दै र ‘शंखधरकृत नेपाल संवत्’ को हरेक नयाँ वर्ष (न्हुँ द) का उपलक्ष्यमा आफ्नै आयोजनामा स्वागत समारोह तथा अन्य कार्यक्रम गर्दै आएको हैसियतले मैले यसबारे सुझाव दिनु आवश्यक ठानेको छु ।