अमृत खड्का

अमृत खड्काका लेखहरु :

अन्तर्राष्ट्रिय बजारमा हाम्रो सीप, ज्ञान र क्षमता

ट्रान्जिट निर्यात अनैतिक होइन । यो संसारमा चल्छ । यसलाई नराम्रो मानिँदैन । भारतमा आफ्नो खालको एउटा राष्ट्रियताको भावना छ । उनीहरूले त्यहाँ उत्पादनसँग जोड्छन् । भारत भनेको एउटा राष्ट्र हो, जसले अधिकतम बिक्री मूल्य अनिवार्य गरेको छ ।

इ–रेडिएसन : खाद्य सुरक्षा र निर्यात वृद्धिमा उपयुक्त

हामीले प्रयोग गर्ने विविध खाद्य वस्तुलाई घुन कीरा, ढुसी र ब्याक्टेरियाबाट मुक्त राख्न विभिन्न प्रविधिले उपचार गर्ने गरिन्छ । हुन त खाद्य वस्तुको प्रकृतिअनुसार केमिकल अथवा प्राकृतिक दुवै तरिकाबाट उपचार गर्ने विधिहरू छन् तर प्राकृतिक उपायबाट सबै खाले खाद्य वस्तुलाई उपचार गर्न सकिँदैन; सके पनि लागत, समय र सुविधाका दृष्टिले यस्तो उपाय व्यावसायिक रूपमा अनुकूल हुन सक्दैन । 

चीनबाट सर्दै गरेका कम्पनीलाई नेपाल

सस्तो श्रम, पर्याप्त भौतिक पूर्वाधार, प्रोत्साहन तथा ठूलो आन्तरिक बजार भएकाले चीन विदेशी लगानीका लागि उत्कृष्ट गन्तव्य थियो । सन् २००४ देखि २०१५ सम्म उद्योगका मजदुरहरूको ज्याला तीन गुणाले बढेको थियो । अहिले चीनको सहरी क्षेत्रमा ज्यालादर ४३० अमेरिकी डलर प्रतिमहिना छ । चीनबाट अब भने बहुराष्ट्रिय कम्पनीहरू अन्य देशमा सर्न थालेका छन् ।