२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

यादव पण्डित

यादव पण्डितका लेखहरु :

दलका घोषणापत्र : के समेट्ने, कसले निगरानी गर्ने ?

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधान सभाबाट संविधान लेखेपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । आगामी मंसिर ४ गते तोकिएको आफ्नो क्षेत्रबाट प्रतिनिधि छान्ने चुनावका लागि राजनीतिक दलहरु चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन् । दलभित्रै विज्ञहरुको समिति बनाएर घोषणापत्र लेखिरहेका छन् ।

स्थानीय चुनावमा ओझेल परेका मुद्दा

गणतन्त्र, नयाँ संविधान कार्यान्वयनमा आएपछि दोस्रोपटक वैशाख ३० मा स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । राजनीतिक दलहरु चुनावको चटारोमा छन् । देशैभरका स्थानीय तहमा पाँच वर्षका लागि जनप्रतिनिधि चुन्ने प्रक्रियामा ठूला राजनीतिक दलहरुले निकै समय खर्च गरिसकेका छन् ।

एनआरएनएको अनलाइन मतदान र विश्वसनीयताको प्रश्न 

नेपालीहरूको महान चाड दसैं आउँदैछ । परदेशबाट घरदेश जान नेपालीहरूका लागि दसैंबाहेक अर्को महत्त्वपूर्ण बहाना हुन सक्दैन । केही वर्षयता भने दसैंको छेको पारेर गैरआवासीय नेपालीहरूको सम्मेलन नेपालमै हुँदै आइरहेको छ । ‘एक पन्थ दो काज’ भनेजस्तो हुन्थ्यो दसैं र एनआरएनए सम्मेलन । तर दुई वर्षयता कोरोना भाइरस (कोभिड) को महामारीले हिँडडुल सम्भव भएन । महामारी मत्थर हुँदै जाँदा नेपालीहरू घर फर्कन गुन्टा कसिरहेका  छन् ।