उत्तम अर्याल

उत्तम अर्यालका लेखहरु :

सत्ताको निसानामा इमरान

दक्षिण एसियाली देशहरू विशेष गरी पाकिस्तान र भारतमा रगतमै बग्छ क्रिकेट । यो क्षेत्रमा क्रिकेटलाई धर्मसरह बनाउने श्रेय इमरान खानलाई पनि जान्छ । औसत टोली रहेको पाकिस्तानलाई खानले आफ्नो कप्तानीमा सन् १९९२ को एकदिवसीय विश्वकप जिताएपछि दक्षिण एसियामा क्रिकेटको लहर झनै बढेको थियो ।

तालिवानको २ वर्ष : अफगानले के पाए ? के गुमाए ?

दक्षिण र मध्य एसियाको बीचमा अवस्थित भूपरिवेष्टित देश अफगानिस्तानमा तालिवानले सत्ता हत्याएको २ वर्ष पुगेको छ । लामो समयको युद्धपछि तालिवानले सन् २०२१ अगस्ट १५ मा दोस्रो पटक सत्ता नियन्त्रणमा लिएको हो । यसअघि ९० को दशकमा पनि तालिवानले छोटो समय अफगानिस्तानको सत्ता चलाउने मौका पाएको थियो । कहिले सोभियत संघ त कहिले अमेरिकाको शक्ति स्वार्थको दाउपेचमा परेको अफगानिस्तान आफ्नै आन्तरिक सशस्त्र समूहका कारण पनि चार दशकसम्म रणभूमि बनिरह्यो । तालिवानको नेतृत्वमा पछिल्ला दुई वर्षमा यहाँ युद्धको त्रास घटेको छ भने राजनीतिक स्थिरता देखिएको छ । तर, गरिबी, भोकमरी, महिलाका लागि अनुदार नीति र कूटनीतिक सम्बन्धविच्छेदजस्ता समस्या देखिएका छन् ।

निजेरमा सैन्य ‘कु’ : अफ्रिकाको मरुभूमि शक्तिराष्ट्रको रणभूमि

पश्चिम अफ्रिकास्थित भूपरिवेष्टित मुलुक निजेर यतिबेला अशान्त छ । गत जुलाई २६ मा सेनाका जनरल अब्दुर्रहमान चियानीले ‘कु’ गरेर सत्ताकब्जा गरेपछि राजनीतिक अस्थिरता फैलिएको हो । चुनाव जितेर राष्ट्रपति बनेका मोहम्मद बाजौमलाई सेनाले कैद गरेको छ भने चियानीले आफूलाई सरकार प्रमुख घोषणा गरेका छन् ।

सेयरमा महिला लगानीकर्ता

वर्ष दिनदेखि सेयर बजारमा ‘बियरिस ट्रेन्ड’ का कारण निराश काठमाडौं कोटेश्वरकी प्रतिमा कोइराला नयाँ सरकार गठनसँगै केही उत्साहित छिन् । केही सातायता घटबढ हुँदै नेप्से परिसूचक यो साता करिब २२ सय अंकको नजिक पुगेको छ । गत वर्ष ३१ सय अंकसम्म पुगेको नेप्से परिसूचक घटेर १९ सयसम्म पुगेपछि उनले सेयर बिक्रीमा भन्दा खरिदमा ध्यान दिएकी थिइन् ।