पुरानो पोखरीभ्यागुतो हाम फाल्छछप्ल्याङ्गधेरैअघि हाइकु कवितासँग परिचय हुँदा सबैभन्दा मन परेको प्रसिद्ध जापानी कवि मात्सुओ बासोको यो हाइकु आज पनि उत्तिकै ताजा र प्रिय छ ।
स्वतन्त्रता, गाँजा र सेक्सका लागि प्रख्यात सहर हो– आम्स्टर्डाम । नोभेम्बरको दोस्रो सातादेखि झरीले भिजेर दिनहरू ओसिएका छन् यहाँ । अझै केही महिना यसरी नै खैरो बर्को ओढरै ढलिदिन्छन् दिनहरू । विरक्त लाग्दोगरी आम्स्टर्डामको आकाश निरन्तर धुम्मिएको देखेर धर्तीले पनि बरखी बारेर बसेझैं प्रतीत हुन्छ । अर्को हिउँदले छपक्कै छोपिसकेको छ । रूखहरू जाडो मानेर उभिइरहेका छन् । चुपचाप पातहरू झर्न थालिसकेका छन् ।
काभ्रेको दोलालघाटका ६३ वर्षीय पुरुषको मुटुमा समस्या देखिएको निकै पछि अस्पताल जाँदा डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताए, जसका लागि झन्डै ५ लाख रुपैयाँ जोहो गर्नुपर्ने भयो । स्कुलमा ज्यालादारी पियनका रूपमा काम गरिरहेका उनका लागि त्यो रकम असम्भव थियो । बेच्नलायक सम्पत्ति थिएन ।