विश्व पशु स्वास्थ्य संगठनको मान्यताप्राप्त अस्ट्रेलियाको भेटेनरी प्रयोगशालाले नेपालको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको निदानलाई पुष्टि गरिदिएपछि यही २०७९ जेठ २ देखि बंगुरपालन व्यवसायमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगको चुनौती थपिएको छ ।
रेबिज मानव सभ्यताले झेल्दै आएका पुराना रोगहरूमध्ये पर्छ, तैपनि अझै यसबाट विश्वभरि बर्सेनि ५९ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको अनुमानित तथ्यांक छ । नेपालमा पनि बर्सेनि लगभग १०० जनाले रेबिजका कारण जीवन गुमाउनु परिरहेको आकलन छ ।
कोरोना भाइरसको महामारीले राष्ट्रिय स्वास्थ्यसेवा प्रणाली हरबखत नयांँ चुनौतीको सामना गर्न तम्तयार रहनुपर्छ भन्ने यथार्थलाई फेरि प्रमाणित गरिदिएको छ । यो लेख लेख्दासम्म कोरोना भाइरसको संक्रमणका कारण विश्वभरि १,७७६ व्यक्तिको मृत्यु भैसकेको छ भने ७१,४४९ जना बिरामी परेका छन् । यसको अर्थ संक्रमितमध्ये २.४८ प्रतिशत मानिसको मृत्यु भइरहेको छ ।