सिमाना पौडेल

सिमाना पौडेलका लेखहरु :

‘मृत्यु नचिनी जीवन चिनिँदैन’

कोरोना हिजोसम्म परपर आएको थियो । अहिले आफ्नै टोलमा आएको छ, आफ्नै ढोका अगाडि उभिएको छ । पहिला अरुका लागि लगाउने मास्क अहिले आफ्नै लागि लगाउन थालेकी छु । अरुले के भन्लान् ? भन्ने डरको ठाउँमा कतै मास्कले मात्रै मेरो सुरक्षा गर्नसक्ला र भन्ने डर प्रतिस्थापित भएको छ ।

भोकले नसिध्याएको मान्छे

बलिउड अभिनेता सुशान्तसिंह राजपूतद्वारा आत्महत्या...। यो खबरले दुःखी मात्रै होइन, भित्रैदेखि हल्लायो । मेरा निराशाहरू, मेरा दुःखहरू, मेरा पीडाहरू, मेरा छटपटीहरू । जिन्दगी भन्नु केही होइन । कति सजिलै त्यागिदिन्छन् मान्छेहरू आफ्ना सपना ।

मान्छेहरु सोध्छन्– ‘ब्वाईफ्रेण्ड छैन ?’

चौथो दिन (अर्थात एक महिना चार दिन) । उसले कहिलेकाहीँ लेखिरहन्छ, ‘तिमीले लेख्यौ भने म खुशी हुन्छु । लेख्न नछोड है ।’ हामी कर्ममात्रै गर्न सक्छौँ । कर्म गर्नुबाहेक हाम्रो बसमा केही छैन । 

एक विद्यार्थीको लकडाउन डायरी : मनभित्र डरको अपार्टमेन्ट…

आफ्नो नजिकको मान्छेलाई संक्रमण देखिनु या आफू बसेको घर नजिकै कोरोना संक्रमित हुनु भनेको डरलाग्दो हुने रहेछ। के हुन्छ र! सुरक्षित छु भन्दाभन्दै पनि कालले बिस्तारै ढोका ढकढक्याउँछ भन्ने किन लागिरहेको छ, थाहा छैन।

'ट्याउँट्याउँ' त कोरोनापछि गरे भइहाल्यो नि !

योभन्दा अगाडि मैले लकडाउन डायरी लेखेको थिएँ । एघार दिनसम्मको । मलाई लागिरहन्छ, मैले जे लेख्न खोजिरहेको छु । त्यो म लेख्नै सक्दिनँ । महशुसमात्रै गर्न सक्छु ।

हजुरआमा भन्नुहुन्छ– मुखमा के जाती लगाओ है !

‘तपाईँहरुले बाहिर निस्कदाँ मास्क लगाउनु भएको छ ? बाहिरबाट घरभित्र पस्दा साबुनपानीले हात धुनु भएको छ ? कोरोनासम्बन्धी समाचारहरु पढेर आत्तिनुभएको छ ?’